सप्तरी ४ (१) मा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका छन् ।

सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याएका छन् । एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए ।

गत निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याएका थिए । हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एकरएक स्थानमा विजयी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array