धनुषा ३ मा एमालेकी जुली कुमारी महतो विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का जुली कुमारी महतो निर्वाचित भएकी छन् ।

गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर उनी निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेकी हुन् । महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन् ।

दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी हुन् । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्