विश्वकप फुटबल: आज चार खेल हुँदै, पहिलो खेल इरान र वेल्स खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ ।

- Advertisement -
Ad image

वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्सले पहिलो खेलमा बराबरी खेलेको थियो भने इरान पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

पहिलो खेल गुमाएका कतार र सेनेगल दुबै टोली पहिलो जितको योजनामा रहेका छन् ।

विश्वकप अन्तर्गत नै शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ुएु मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स र इक्वेडर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

त्यस्तै चौंथो खेलमा इंग्ल्यान्डले अमेरिकाको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । अमेरिका पहिलो जित निकाल्न चाहन्छ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्