पाँचथरबाट एमालेका वसन्तकुमार नेम्बाङ विजयी, प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

पाँचथर–
पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्बाङ ४७ मत बढि ल्याएर विजयी हुन सफल भएका छन् । उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।

नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त गर्न सफल भएका छन् । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए। विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थियो ।
प्रदेशसभा १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे

प्रदेशसभा २ बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङवो विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array