बारा ३ बाट एमालेकी ज्वाला साह निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् ।

ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत पाएर चौथो भएका छन् ।

जनमत पार्टीकी राधिका देवी साहले ३३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १०७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १०४४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array