सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन्।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका छन्। कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

सिन्धुपाल्चोक – २ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो। तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए।

सिन्धुपाल्चोक – २ को प्रदेशसभा ९१० मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा ९२० मा माओवादी केन्द्रकै कृष्णकुमार तामाङ निर्वाचित भएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्