दाङ १ मा शान्ता चौधरीलाई हराउदै एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ –  दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गर्दै जित हासिल गरेका हुन् ।

मेटमणिले २६ हजार ५६३ मत पाउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्

Array