भोजपुर १ मा शेरधन राई पराजित, माओवादीका सुदन किराँती विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले एमालेका राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन्।

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन्। उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरेका छन् भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त पाएका छन्।

- Advertisement -
Ad imageAd image

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए। तीन हजार एक सय ६८ मत बदर भएको थियो। भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (क) मा सात तथा प्रदेशसभा (ख) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए।

भोजपुरमा प्रदेशसभा (क) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भइसकेका छन्।

यस्तै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी भएका छन्। समानुपातिकतर्फको मतगणना शुक्रबारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्