विश्वकप फुटबल : पोर्चुगल ३-२ विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

फिफा विश्वकप समूह चरणको खेल अन्तर्गत भएको खेलमा पोर्चुगलले घानालाई ३-२ ले हराएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने ५ गोल भयो ।

खेलको ६५ औ मिनेटमा एउटा विवादास्पद फौलमा दिएको पेनाल्टीलाई सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले गोल गरे । यो गोल सँगै  ५ फरक संस्करणको विश्वकपमा गोलगर्ने रोनाल्डो पहिलो खेलाडी बने ।

खेलको ७३ औ मिनेटमा एविई आन्द्रेले घानाका लागि गोल गर्दै खेल बराबरी गरे । त्यसको ५ मिनेटमा फेरी पोर्चुगलले गोल थप्यो ।  पोर्चुगलका लागि फेलिक्स जोआओले गोल गरेका थिए । त्यसको २ मिनेट नबित्दै पोर्चुगलका लागि लिआओ राफेलले गोल गर्दै खेल ३-१ मा पुर्‍याए ।

खेलको ८९ औ मिनेटमा घानाका बुकारी ओसमानले गोल गरे | तर त्यो हार टार्नलाई पर्याप्त भएन । अन्तत : पोर्चुगल ३-२ ले विजयी बन्यो ।

प्रतिक्रिया दिनुहोस्

Array