डोल्पाबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

डोल्पा– डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी हुन सफल भएका छन् । ११ हजार २२५ मत ल्याएर उनी निर्वाचित भए । उनका प्रतिदवन्धि नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत ल्याए ।

तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो । उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array