केपी ओली र प्रचण्डबीच भावुक टेलिफोन संवाद, के फेरिएला समीकरण?

यस सम्बादले नेपालको राजनीतिको कोर्ष परिवर्तन गर्ने आंकलन गर्न थालिएको छ ।  गठबन्धनको पक्षमा मत हाल्नुको सट्टा घन्टीमा मतदान गर्न गगन थापाको सर्कुलर  र गगन थापाको कांग्रेसमा बढ्दो प्रभावले गठबन्धनमा कांग्रेसको भूमिका प्रति प्रचण्ड खुशी छैनन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । अत्यन्तै शालीन चिन्तित र गम्भीर मुद्रामा ओलीले प्रचण्ड सँग टेलिफोन वार्ता गरेका छन् । दुई अध्यक्षबीच अत्यन्तै भावुक सम्बाद भएको दुवै अध्यक्षको सचिवालयले बताएको छ ।

ओलीले प्रचण्डलाई प्रथमत बधाई दिए, प्रचण्डले समेत ओलीलाई बथाई दिए । एमालेले सोचेभन्दा राम्रो प्रस्तुति गरेको भन्दै प्रचण्डले एमाले र ओलीको प्रसंसा गर्दै बधाई दिए ।

त्यसपछि ओलीले तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं, भने – जवाफमा प्रचण्डले बसेर कुरा गर्न सकिने जवाफ दिए । त्यसपछि ओलीले ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् – भने । त्यसमा प्रचण्डले अलिक तितो जवाफ दिए । प्रचण्डले भने “कसैले टाढा पारेको नभई तपाई लगायत केहि साथीको विगतको कार्यशैली जिम्मेवार छ,  बसेर समिक्षा गर्न म तयार छु” ।

त्यसपछि एमाले अध्यक्ष भने “ओलीले कम्युनिष्ट आन्दोलन हजारौ शहिदको रगतमा स्थापित भएको तर यसलाई शिथिल बनाउन अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको छ, ध्यानपूर्वक सोच्नुपर्ने बेला आयो ।”

त्यसपछि भावुक भएका प्रचण्डले केहीबेर मौन रहे र भने हामी चुक्यौ समिक्षा गरौ त्यसको निम्ति आफू तयार रहेको बताए ।

यस सम्बादले नेपालको राजनीतिको कोर्ष परिवर्तन गर्ने आंकलन गर्न थालिएको छ ।  गठबन्धनको पक्षमा मत हाल्नुको सट्टा घन्टीमा मतदान गर्न गगन थापाको सर्कुलर  र गगन थापाको कांग्रेसमा बढ्दो प्रभावले गठबन्धनमा कांग्रेसको भूमिका प्रति प्रचण्ड खुशी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Array