विश्वकप फुटबल: स्विट्जरल्यान्डको विजयी सुरुआत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – स्विट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

अल जानुब स्टेडियममा बिहीबार क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो । स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे ।

क्यामरुनी मुलका एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । उनले गोल गरेपछि सेलिब्रेसन समेत गरेनन् ।

यस जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

क्यामरुनले हारबाट विश्वकपको सुरुआत गरेको छ । क्यामरुन पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array