काठमाडौंं–
ललितपुर क्षेत्र नम्बर ३ ‘क’बाट एमालेका रघुनाथ महर्जन विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी नेता राजकाजी महर्जनलाई पराजित गर्दै एमालेका महर्जन निर्वाचित भएका हुन् । राजकाजी महर्जनले यस क्षेत्रबाट अघिल्लो पटक जित हासिल गरेका थिए ।
एमालेका महर्जनले ९ हजार ३५२ मत ल्याएर विजयी हुँदा माओवादीका महर्जनले ८ हजार ८६२ मत ल्याएर पराजित भएका हुन् । रघुमहर्जन पहिलो चोटिको उम्मेदवारी दिएका हुन् । पहिलो उम्मेदवारी मै जित हासिल गर्न सफल भएका छन् । उनी सामाजिक काममा सक्रिय रहँदै आएका थिए ।
ललितपुर ३ ‘क’ बाट एमालेका रघुनाथ महर्जन विजयी

प्रतिक्रिया दिनुहोस्