सिरहा १ बाट प्रतिनिधिसभामा नेकपा एमालेका रामशंकर यादव निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित भएका छन् ।

यादवले कांग्रेसका उम्‍मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्‍याएका छन् ।

यस्तै जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्