सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक ११.५६ अंकले बढेर परिसूचक १९३३.५५ बिन्दुमा रोकिएको छ ।

२३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कम्पनीको ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँको सेयर किनबेच भएको छ ।

- Advertisement -
Ad imageAd image

कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचकमा ५.९५, विकास बैंक ३७.९०, वित्त कम्पनी १८.१०, जलविद्युत ११.६३, जीवन बीमा २६.८५, उत्पादन तथा प्रशोधन ६०.२९, माइक्रोफाइनान्स २७.३७, अन्य समूहको उपसूचक २४.२५ अंकले बढेको छ ।

कारोबारमा घलेम्दी हाईड्रो, आरएमडीसी लघुवित्त वित्तीय संस्था, साइन रेसुङ्गा विकास बैंक, कामना सेवा विकास लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् भने किसान लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त, ङादी हाईड्रोपावर, अपर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको ७ करोड ६२ लाख ४८ हजार ४०१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्टिलरी र एनआईसी एशिया बैंक रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्