धादिङ २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं– धादिङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।

अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारीले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् ।

एमालेका लोहनीले २३ हजार ९५० मत पाएका थिए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत प्राप्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

Array