खोटाङबाट माओवादीका रामकुमार राईको विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – खोटाङबाट प्रतिनिधि सभा सदस्यमा माओवादीका रामकुमार राई (पासाङ) निर्वाचित भएका छन् ।

एमालेका विशाल पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई पराजित गर्दै प्रदेश १ सरकारका खानेपानी मन्त्री राई निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धन दलको सर्मथनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका माओवादीका केन्द्रीय सदस्य समेत रहेका राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन् । यस अगाडी २०६४ सालको निर्वाचनमा पनि राई संविधानसभा सदस्य र २०७४ को निर्वाचनमा खोटाङ प्रदेश ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७० र २०७४ को निर्वाचन जितेका भट्टराईको ह्याट्रिक गर्ने सपना अधुरै बन्यो । यसपालीको चुनाव जित्न नसकेका विशालले हारमा चै ह्याट्रिक गरे । यस अगाडी भट्टराई २०५६ मा कांग्रेसका शिवकुमार बस्नेत र २०६४ मा माओवादीकी समीता कार्कीसँग पराजित भएका थिए ।

खोटाङको प्रदेश (क) मा एमालेका पाँचकर्ण राई र ख मा कांग्रेसका भुपेन्द्र राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array