मकवानपुर प्रतिनिधिसभा १ मा राप्रपाका दिपक सिंह विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह मकवानपुर प्रतिनिधिसभा–१ मा निर्वाचित भएका छन्। सिंह २ हजार ३९३ मत अन्तरसहित निर्वाचित भएका हुन्।

उनले २७ हजार ८१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन्।

नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत प्राप्त गर्दै तेस्रो भए। पटक–पटक हार ब्यहोरेका सिंहले यो पटक भने राजनीतिका दिग्गज खेलाडी थापा र गठबन्धनका बलियो उम्मेदवार डिनालाई हराउँदै संसदको यात्रा तय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array