पूर्वी नवलपरासी १ मा शशांक कोइराला निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा।शशांक कोइराला निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्