एमालेका पदम गिरी पर्वतबाट निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन् ।

गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array