सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन् ।

उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् । चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए ।

जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाउँदा जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्