सप्तरी १ को (२) मा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सप्तरी क्षेत्र नम्बर १ को (२) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी भएका छन् ।

सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोका अनुसार जनमत पार्टीका मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्मर यादवले नौ हजार आठ सय ८८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका उमेदवार बद्रीनारायण महत्मान यादवले छ हजार छ सय १० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Array