रुपन्देही २ (१) मा एमालेका लिला गिरी निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लिला गिरी निर्वाचित भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत छन् । गिरीले १७ हजार छ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार नौ सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए ।

यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

Array