तनहुँ १ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – तनहुँ- १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पौडेले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array