भक्तपुर १ बाट नेमकिपाका उमेदवार प्रेम सुवाल पुनः निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उमेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा फेरि निर्वाचित भएका हुन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले ४२ हजार ७६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उमेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार भरतबहादुर खड्काले नौ हजार ३०३ मत, सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र) का नेता सुनील गोठे पाँच हजार २८३ मतसहित चौथो स्थानमा रहे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्