रौतहटको गौरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु , ३ घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

रौतहट- रौतहटको सदरमुकाम गौर बजारस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । वर्ष ९ की रुखसाना खातुन, वर्ष ५ का ईमरान मन्सुरी र वर्ष ७ की सबिला खातुनको आगलागीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । विद्युतको तार सर्ट भइ गए राति ११ बजे गौर नगरपालिका–१ स्थित इस्लाम मियाको कपास डसना पसल र जाकिर बाइक ग्यारेज रहेको घरमा आगलागी भएको बताइएको छ ।
आगलागी हुँदा घरभित्रै सुतिरहेका १६ जना रहेका थिए । यस्तै, वर्ष २६ का महमद ईशराईल, वर्ष २४ का नसिमा खातुन, वर्ष ८ का महमद ईमरान घाइते भएको प्रहरीले जनाएको छ ।
मानवीय क्षतीको साथै लाखौंको धनमालमा पनि क्षति पुगेको प्रहरीले जनाएको । गौर नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: