रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमडौँ – रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का वासुदेव घिमिरे निर्वाचित भएका छन् ।

घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार शाहले २७ हजार १२० मत ल्याएका छन् ।

निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

मुख्य निर्वाचन अधिकृत चिन्तामणि शर्माले प्रक्रिया मिलाउने क्रममा रहेकाले केहीबेरमा औपचारिक घोषणा गर्ने बताए ।

घिमिरे यसअघि तिलोत्तमा नगरपालिका प्रमुख बनेर नमुना काम गरेको भनी पटकपटक पुरस्कृत भएका थिए ।

कांग्रेसका निर्वतमान सांसद शाह २०५६ सालदेखि यस क्षेत्रमा उमेदवार बनेर २०७० बाहेक अरु चुनावमा जितेका थिए ।

उनी पूर्वअर्थ राज्यमन्त्री तथा संसदीय लेखा समिति सभापति हुन् । यहाँ ८५ हजार ७३६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array