जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमडौँ – जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए ।

जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले माया गरेको बताए । अब मैले राष्ट्रको नेतृत्व गर्ने हो । उम्मेदवारी दर्तापछि नै उनले जुम्मलामा आक्रामक ढंगले चुनाव प्रचार गरेका थिए ।

हामी नेपाली नेपालीको अभियानमा भ्रष्ट्रचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ताको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्

Array