विश्वकप फुटबल : जर्मनीलाई हराउदै जापान बिजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

भर्खरै सम्पन्न विश्वकप फुटबलको लिग चरणको खेल अन्तर्गत भएको जर्मनी र जापानबीचको खेलमा, जापान १ का बिरुद्ध २ गोलले विजयी भएको छ । एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै जापानले चार पटकको विश्वविजेतालाई स्तव्द बनाएको हो ।

जर्मनीले पहिलो हापको ३३ औ मिनेटमा पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । पहिलो हापमा थप गोल हुन सकेन ।

दोस्रो हापमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश  जर्सी नम्बर ८ का जापानी खेलाडी रित्सु दोआनले ७५औ मिनेटमा बराबरी गोल गरे । त्यसको ५ मिनेट खेलको ८३औ मिनेटमा अर्का वैकल्पिक खेलाडी तकुमा असानोले बिजयी गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

Array