कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मात्र मत पाइन् । २०७४ सालको निर्वाचनमा एमालेका दिपकप्रकाश भट्टसँग झिनो मत अन्तरले पराजित भएका लेखकलाई यसपटक भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएका थिए ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array