हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बाजुरामा अनेरास्ववियूको प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बाजुरामा अनेरास्ववियूले प्रदर्शन गरेको छ । यसै क्रममा प्रदर्शनकारीले बाजुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरेका छन्।

मत गणना प्रकृया अघि बढाउने बिषयमा सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको हलमा सर्वदलीय बैठक सकेर निस्कने क्रममा अनेरास्ववीयूका कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल लगायतलाई मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा निसाना बनाएका छन् ।

बाजुरा निर्वाचन सम्बन्धि हिंसामा यस अघिनै २ जनाको मृत्यू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array