कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा फराकिलो मतान्तरले झापा – १ बाट निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा फराकिलो मतान्तरले झापा – १ बाट निर्वाचित भएका छन् । शर्माले ३९६२४ मत प्राप्त गरि विजयी भएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् ।
एमालेको प्रभाव क्षेत्र मानिने झापा – १ मा कांग्रेसले २३ वर्षपछि जित हात पार्न सफल भएको हो ।
शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।
नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्माको एकदमै रोचक प्रतिस्पर्धा थियो । महामन्त्री भएको वर्ष दिन नपुग्दै विश्वप्रकाशले ‘पपुलर मत’कै बलमा संसदको यात्रा तय गरेका छन् । पार्टी राजनीतिमा छलाङ मार्दै आएका शर्माले यसपटक संसदीय राजनीतिले पनि साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array