पर्सा क्षेत्र नम्बर १ मा जसपाका प्रदीप यादव विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादवले खाता खोलेका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यादवले २२ हजार ५३७ मत ल्याएर विजयी भए भने द्धिवेदीले २० हजार ९१७ मत ल्याएर पराजित भएका हुन् । यादव र द्धिवेदीबीच १ हजार ६२० मत अन्तर छ ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array