ओखलढुंगामा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – प्रदेश १ को पहाडी जिल्ला ओखलढुंगामा सत्ता गठबन्धन विजयी भएको छ ।गठबन्धनबाट उमेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले चुनाव जितेका हुन् ।

खतिवडाले नेकपा (एमाले) का यज्ञराज सुनुवारलाई पराजित गरेका हुन् । खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् ।

खतिवडा ०७४ को निर्वाचनमा सुनुवारसँग पराजित भएका थिए । ०७० को निर्वाचनमा भने २ निर्वाचन क्षेत्र भएको जिल्लामा खतिवडा र सुनुवार दुवैले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array