बागलुङ २ बाट माओवादीका सचिव देवेन्द्र पौडेल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सचिव समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएका हुन् ।

बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले २४ हजार ७७९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०की उमेदवार मञ्जु शर्मले २० हजार १८० मत ल्याएकी छन् । पौडेल चार हजार ५९९ मतान्तरले निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array