बागलुङ २ बाट जनमोर्चाका चित्रबहादुर केसी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जित हासिल गरेका हुन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ को अन्तिम मतपरिणाम अनुसार सत्ता गठबन्धनको समर्थनमा जनमोर्चाका अध्यक्ष केसीले बागलुङ १ मा नेकपा ९एमाले०का उमेदवार सूर्यप्रसाद पाठकलाई हराएका हुन् ।

केसीले २१ हजार ४५१ मत ल्याउँदा एमालेका पाठकले १८ हजार ८२५ मत ल्याए ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

Array