सेयर बजारमा सामान्य गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ७.७२ अंकले घटेर परिसूचक १९२१.९९ बिन्दुमा रोकिएको छ ।

बधुबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सिभिल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन बैंकसँग मर्जरमा जान लागेका कारण रोक्का भएको कारोबार खुलेको छ । कारोबार खुले लगत्तै सकारात्मक सर्किट लागेको हो । यस्तै घलेम्दी हाईड्रोको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array