झापा २ (१) मा एमालेका एकराज कार्की निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – झापा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की विजयी भएका छन् ।

उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई हराएका हुन् । उनी १२ हजार ६३० को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए । कार्की २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array