एकीकृत समाजवादीका गुल्मी अध्यक्ष श्रीराम महतले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई गुल्मी २ बाट जिताउन नसकेपछि सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम महतले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महतले पार्टीको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

महतले पराजयको नैतिक जिम्मेवारी लिँदै जिल्ला अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

केही समयअघि यहाँका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी एमालेमा प्रवेश गरेपछि महत अध्यक्ष भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array