रूकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती दोब्बर बढी मतान्तरले विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – रुकुम पूर्वमा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। घर्ती १२ हजार ६ सय ६२ मत प्राप्त विजयी भए।

लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका पूर्णबहादुर प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार दुई सय ११ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array