नबिल फ्लेक्सी क्याप फन्डको इकाई खरिद गर्ने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नबिल फ्लेक्सी क्याप फन्डको इकाई खरिदका लागि आवेदन दिन आज (मंसिर ७ गते) अन्तिम दिन रहेको छ ।

फन्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग अनुसार छोटो अवधिमा निष्काशित सबै इकाई खरिदको माग नगरेपछि समय ढिलो मितिसम्म लम्बिएको थियो ।

कात्तिक २३ गतेदेखि खुला भएको सो खुलामुखी म्युचुअल फन्ड छिटोमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो । यससँगै अब लगानीकर्ताले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फन्डले कुल ७ करोड ५० इकाई निष्कासन गरेको छ । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवद्र्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ । ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गरिएको छ ।

बुधबार बिहान १० बजेसम्म ३५ हजार ५४२ वटा आवेदन मार्फत ३३ करोड ३७ लाख ७६ हजार ७०० रुपैयाँ मूल्यको ३ करोड ३३ लाख ७७ हजार ६७० इकाई खरिदका लागि माग परेको छ । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले इकाई खरिदका लागि मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनत सकिन्छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array