गुल्मीको सत्यवतीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने चारजना घाइते समेत भएका छन्।

सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडातर्फ जाँदै गरेको लु २ च ५३४० को जिप राति साढे २ बजेतिर ब्रेक फेल भई दुर्घटना भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति -३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्।

त्यस्तै घाइते हुनेहरूमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय वीरबहादुर राहाडी र १७ वर्षीय खण्डन सोमै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array