यू-१९ राष्ट्रिय क्रिकेट आजबाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आज बुधबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन बुधबार एक खेल हुनेछ ।

कीर्तिपुरस्थित टीयु मैदानमा हुने उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुनेछ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array