काठमाडौं ४ (क) मा नेपाली कांग्रेसका लामिछाने र (ख) मा एमालेका थापा विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ -प्रदेशसभा सदस्यतर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ‘क’बाट नेपाली कांग्रेसका उमेदवार श्रीराम लामिछाने निर्वाचित भएका छन् । उनी सात हजार १२५ मतसहित वाग्मती प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उमेदवार रिद्धीप्रतापजंगबहादुर राणाले ६ हजार ६०४ मत ल्याए । लामिछाने र राणाबीचको मतान्तर ५२१ छ । यहाँ १९ हजार नौ मत खसेको थियो ।

- Advertisement -
Ad imageAd image

काठमाडौं–४ ‘ख’ मा थापा
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’ बाट नेकपा (एमाले)का उमेदवार जयराम थापा निर्वाचित भएका छन् । उनी १० हजार ३१७ मतसहित वाग्मती प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उमेदवार कुमुमकुमार कार्कीले आठ हजार ३८२ मत ल्याए । उनीहरूबीचको मतान्तर एक हजार ९३५ छ । यहाँ २५ हजार ६३१ मत खसेको थियो ।

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निर्वाचित भइसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्