तनहुँ २ मा नेपाली कांग्रेसका शंकर भण्डारी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी विजयी भएका छन् । उनी तनहुँ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचन भएका हुन् । ०७४ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए ।

त्यहाँको अन्तिम मतपरिणामानुसार भण्डारी पाँच हजार ४७४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३० हजार ६०४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उमेदवार किरण गुरुङले २५ हजार १३० मत पाएका छन् ।

- Advertisement -
Ad imageAd image

यहाँ ६८ हजार ८१७ मत खसेको थियो । जसमा तीन हजार ५८१ मत बदर भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्