डडेलधुराबाट देउवा फराकिलो मतले निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमडौ–
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसदमा चुनिन सफल भएएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत ल्याउन सफल भएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्