काठमाडौंका ३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – दशवटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा प्रतिनिधिसभातर्फ दुई क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ । काठमाडौं क्षेत्र नम्बर ६ र १० को मतपरिणाम आउन बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र स्वतन्त्र पार्टीले तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर २ मा सोबिता गौतम, क्षेत्र नम्बर ७ मा गणेश पराजुली र क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठले जित हासिल गरिसकेका छन् । त्यस्तै, क्षेत्र नम्बर ६ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता छ ।

काठमाडौंका ४ क्षेत्रमा नेपाली कांग्रेस निर्वाचित भएको छ । एमाले एक क्षेत्रमा निर्वाचित भएको छ ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, काठमाडौं ३ मा सन्तोष चालिसे, काठमाडौं ४ मा महामन्त्री गगन थापा र काठमाडौं ५ मा प्रदीप पौडेल निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी निर्वाचित भएका छन् ।

काठमाडौं ९ मा भने एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array