विश्वकप फुटबल: अष्ट्रेलियालाई ४–१ गोलले हराउँदै फ्रान्स विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ –  फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।

फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे ।

अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे । अष्ट्रेलियाविरुद्ध फ्रान्सले एक गोलको अग्रता उल्टाएर सहज जित निकालेको हो ।

खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २७ औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४-१ को सहज जित निकालेको हो ।

अष्ट्रेलियाविरुद्ध दुई गोल गरेसँगै जेरुडले फ्रान्सका लागि ५१ औं गोल पूरा गरेका छन् ।

जेरुडले थिएरी हेनरीको नाममा रहेको फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन्।

हेनरीको नाममा ५१ गोलको कीर्तिमान रहेको छ ।

जेरुड विश्वकप फुटबलमा फ्रान्सका लागि सर्वाधिक उमेरमा गोल गर्ने खेलाडी समेत बनेका छन् ।

यस जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ुडीु को फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array