काठमाडौं ७ को प्रदेशसभा (ख) मा एमालेका प्रकाश श्रेष्ठ विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा ९ख०को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array