रुपन्देहीको ४-१ मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
रुपन्देहीको प्रदेश सभा सदस्य ४-१ मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ निर्वाचित भएका छन् । कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाँले १५ हजार १ सय ३७ मत ल्याउन सफल भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल ९बब्लु० ले ९ हजार २ सय ५३ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । कांग्रेसका पाठकले यसअघि यसै क्षेत्रबाट जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array